सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ - बंगलादेशबाट १ सय ५८ जना नेपालीलाई स्वदेश फर्किएका छन् ।
नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १ सय ५८ जना नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।
फर्कने सबैसँग पीसीआर परीक्षणको रिपोर्ट भएकाले काठमाण्डौको होल्डिङ सेन्टरमा राखिने र त्यसपछि सम्बन्धित पालिकाहरुले आफ्ना क्षेत्रका नागरिकलाई क्वरेन्टीनमा राख्ने व्यवस्था मिलाउनेछन् । सरकारले विभिन्न देशमा अलपत्र परेका झण्डै ३० हजार नेपालीलाई जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एअरलायन्सलाई २४, हिमालय एअरलायन्सलाई १९ र २४ वटासम्म विदेशी एयरलायन्सलाई उडान अनुमति दिइएको छ ।
Krishna
June 14, 2020, 10:37 p.m.Please note all dates in AD era.