सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – मलेसियामा आवश्यक कागजपत्र नभएर अवैधानिक भएका विदेशी श्रमिकहरु वैधानिक बन्न पाउने भएका छन् ।
इमिग्रेसन डिपोमा रहेका अवैधानिक कामदारलाई रोजगारदाताले काममा राख्न पाउने योजना अगाडि बढ्यो भने त्यस्ता कामदारलाई काममा राख्न सकिने मलेसियाका गृहमन्त्री दातुक सेरी हमजा जैनुद्यीनले बताएका छन्।
गहृमन्त्री दातुकको भनाई उद्धृत गर्दै द स्टारले लेखेको छ, ‘यो योजनाले वैध स्वीकृतिबिना नै विदेशी कामदारलाई रोजगारी दिने मुद्दालाई सम्बोधन गर्नेछ ।’
गृहमन्त्री दातुकले आफ्नो कार्यकालको एक सयौं दिनको अवसरमा आयाेजित एक कार्यक्रममा बाेल्दै रोजगारदातालाई इमिग्रेसन डिपोमा रहेका अवैधानिक कामदारहरुबीचबाट सम्भावित कामदारको खोजी गर्नको लागि यो योजना ल्याएको द स्टारले लेखेको छ ।
तर पनि आपराधिक गतिविधिका कारण गैरकानुनी भएकाहरुलाई भने यो योजनाले सम्बोधन नगर्ने जनाइएको छ ।
‘अहिले यस विषयमा छलफल भइरहेको छ तर यसको सम्भाव्यताको बारेमा इमिग्रेसन विभाग र त्यहाँका अधिकारीलगायत अन्य एजेन्सीहरुसँग पनि छलफल गर्न आवस्यक छ’, दातुकको भनाइ छ ।
बिना स्वीकृति काम गर्दै आएका श्रमिकलाई डिपोर्ट गरिने छ । इमिग्रेसन विभागले जनवरीदेखि जुन १५ सम्म गरेको एउटा अप्रेसनमा १७ हजार २२६ जना अवैधानिक रहेका विदेशी कामदारको खोजी गरेको छ ।
मलेसियाको रोजगारदाता संगठनका अनुसार त्यहाँ ३३ लाख अवैधानिक र २२ लाख वैधानिक कामदार छन् ।