रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि आज ५ उडान हुने भएको छ ।
मलेसिया, कतार, साइप्रस, बंगलादेश र कोरियाबाट आज नेपालीहरु स्वदेश फर्कंदै छन् । साइप्रस मलेसिया र कतारको दोहाबाट नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान भर्नेछन् भने बंगलादेशबाट हिमालय एअरलाइन्सले नेपालीलाई ल्याउनेछ ।
यस्तै आज कोरियाबाट पनि कोरियन एअरलाइन्समार्फत २२६ जना नेपालीहरु स्वदेश फर्कर्दैछन् । प्रवेशाज्ञा अवधि सकिएका तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको बताइएको छ । तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रहेर प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेको गैरआवासीय नेपाली सङ्घ कोरियाका महासचिव विमल सुवेदीले बताउनुभयो ।
यात्रुले टिकट बापत झण्डै ८५ हजार रुपैयाँ तिरेका छन् । यसका साथै नेपाल पुगेर अनिवार्य बस्नुपर्ने १४ दिनको क्वरेण्टीन र क्वरेण्टीन अवधि सकिएपछि घर पुग्नुपर्ने सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने बताइएको छ । यो जहाजमार्फत १६१ जना आजै कोरिया फर्कनेछन् ।
कोरियाबाट बिदामा आएका, साथमा भिसाको अवधि भएका र श्रम स्वीकृति भएका नेपालीहरु फर्कन लागेको इपीएस कोरिया शाखाले जनाएको छ । साउदीको दमामबाट हुने भनिएको हिमालय एअरलाइन्सको चार्टर्ड उडान भने रद्द भएको छ ।