रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायता १५ दिनका लागि बन्द हुने भएको छ ।
७७ वटै जिल्ला प्रशासनबाट जारी हुने सवारी पास रद्द गर्ने निर्णय गरेसँगै बोर्डले प्रदान गर्ने गर्ने आर्थिक सहायता पनि पर्सि साउन ३२ गतेदेखि भदौं १५ गतेसम्म रद्द गरेको बोर्डले जनाएको छ ।
वैदेशिक रोजगार नियमावलीले पालिकामार्फत नै आर्थिक सहायताका लागि निवेदन दिने व्यवस्था गरे पनि धेरै जना आर्थिक सहायताका लागि बोर्ड नै आउने गरेका छन् । कोरोना महामारीका बेलामा सङ्क्रमण जोखिम हुने भएकाले सम्बन्धित पालिकाबाटै आर्थिक सहायताका लागि निवेदन दिन बोर्डले अनुरोध गरेको छ ।
पालिकाहरुलाई प्राप्त कागजात, प्रमाण र सिफारिससहित बोर्डमा पठाउन अनुरोध पनि गरेको छ । यस्तै बोर्डले विदेशबाट आउने शव त्रिभुवन विमानस्थलदेखि घरसम्म लैजानका लागि बोर्डको वेवसाइट www.fepb.gov.np मा राखिएको निवेदनको ढाँचा अनुसार अनलाइनमार्फत नै निवेदन दिन अनुरोध गरेको छ ।
निवेदन अनलाइनमार्फत नै दिन सकिन्छ । फारम भरेर [email protected] मा इमेल गर्न सकिन्छ । बोर्डले इमेलमार्फत नै सेवा प्रदायकालाई सिफारिस पठाइ शव ढुवानीको व्यवस्था गर्ने जनाएको छ । यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा श्रम कलसेन्टरमा ११४१ नम्बरमा फोन गर्न सकिन्छ ।