लकडाउन भएदेखि साउन मसान्तसम्ममा ११ हजारभन्दा धेरै नेपाली विदेशिए

 भदौ १०, २०७७ बुधबार १४:५९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भए पनि लकडाउन भएदेखि साउन मसान्तसम्ममा ११ हजार २२६ जना नेपाली विदेशिएका छन् ।

लकडाउन सुरु भएदेखि साउन मसान्तसम्ममा ११ हजार २२६ जना नेपालीसहित २० हजार ७ सय १० जना बाहिरिएको अध्यागमन विभागले जनाएको छ । नेपालीसहित ३८ देशका नागरिक नेपाल भित्रिएको र नेपालीसहित ९९ देशका नागरिकले नेपाल छाडेको अध्यागमनको तथ्याँक छ ।

अध्यागमन विभागका अनुसार साउन महिनामा मात्रै ३५ सय ४२ जना नेपाली विदेशिएका छन् भने अन्य विभिन्न देशका नागरिकसहित ५ हजार २२ जनाले साउन महिना नेपाल छाडेका छन् । लकडाउन भएयता साउनसम्ममा ९८ देशका नागरिक नेपालबाट बाहिरिएका छन् ।

जसमध्ये सबैभन्दा धेरै चिनिया नागरिक १४०३ जना, अमेरिकन नागरिक १३ सय ४१ जना नेपालबाट बाहिरएका छन् भने जर्मनीका ७६६, फ्रान्सका ६४८ जना, जापानका ३८४ जना नेपालबाट बाहिरिएका छन् ।

साउनसम्ममा ५० हजार ७ सय जना नेपाल भित्रिए

देशमा लकडाउन भएर अन्तर्राष्ट्रिय उडान बन्द भएपछि साउन मसान्तसम्ममा ५० हजार ७ सय २३ जना नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागका अनुसार सबैभन्दा धेरै ५० हजार ५ सय १५ जना नेपाली नागरिक नै स्वदेश आएका छन् ।

कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका, उडान नहुँदा रोकिएका लगायत विभिन्न कारणले गन्तव्य देशमै अलपत्र परेका नेपालीहरु फर्किएका हुन् । साउन महिनामा मात्रै २३ हजार ६९ जना नेपाल आएको अध्यागमनले जनाएको छ ।

नेपाल भित्रने र बाहिरिनेकाे विवरण हेर्नुहाेस्

तपाईको प्रतिक्रिया