रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – अब श्रम स्वीकृतिका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य चाहिने भएको छ ।
अब श्रम स्वीकृति लिनका लागि सम्बन्धित रोजगारदाताले हालसालै जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ को प्रमाणपत्र सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा प्रमाणिकरण गराएर पेश गर्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।
यस्तै फागुन २९ गतेभन्दा अघि नै ‘डिमाण्ड एटेस्टेसन’ अर्थात मागपत्र प्रमाणिकरण भई पूर्व स्वीकृति लिइसकेकाको हकमा पनि अन्तिम स्वीकृति लिनका लागि रोजगारदाताले हालसालै जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको विभागले जनाएको छ ।
नभएमा अन्तिम स्वीकृति पाइने छैन । त्यसैगरी व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको हकमा पनि सम्बन्धित रोजगारदाता कम्पनीको आधिकारिक इमेलबाट वैदेशिक रोजगार ताहाचल कार्यालयको इमेल ठेगानामा ‘नो अब्जेक्सन सर्टिफिकेट’ पठाएको भएमा मात्र अन्तिम श्रम स्वीकृति पाइनेछ ।
गएको फागुनको अन्तिम सातादेखि रोकिएको श्रम स्वीकृति सरकारले अस्ति १४ गतेदेखि खुलाएको छ । कोरोना महामारी सुरु भएसँगै पुनः श्रम स्वीकृति पनि सरकारले रोकेको थियो ।
तर पुनः श्रम स्वीकृति भने गएको असार १८ गतेदेखि नै खुलेको हो ।
M. Santos
Sept. 4, 2020, 10:07 p.m.जसरी पनि पैसा खान खोज्ने ....
Binod
Sept. 4, 2020, 10:26 a.m.कसरी हुन्छ trap मा पारेर घूस खाने तरिका । हैन् भने vilad भिसा भए पछी किन चाहियो एनओसी कस्तो हास्यास्पद नियम ।
krishna bahadur kunwar
Sept. 4, 2020, 7 a.m.छुट्टीमा आएर कोरोनाको कारण रोकिएका र फागुन महिनाको तेश्रो हप्तामा श्रम स्वीकृत गरेकाको के प्रवन्ध छ ? भीसा पनि छ , अनि श्रम पनि भैसक्यो , अब के गर्नुपर्ला ? धन्यवाद !
Hem raj pant
Sept. 3, 2020, 8 p.m.श्रमीक को हकमा यो नयाँ तथा अनिवार्य गरिएको नियमले वैदेशीक रोजगारीमा कार्यरत नेपाली श्रमीकहरुले के कस्ता लाभ पाउँछन् कृपया यसका फाइदा र बेफाइदा पनि सम्झाई दिनुभए अझ बेश हुने थियो कि ?
Umesh
Sept. 3, 2020, 12:47 p.m.झन्झटिलो । अब कम्पनिको काम छैना र म एउटाको लागि भनेर इमेल गरिदेवस ।
Ashok khanal
Sept. 3, 2020, 10:23 a.m.What about those one living where there is no Neplalese embassy? How will they get no objection certificate? This is totally useless.
[email protected]
Sept. 3, 2020, 7:55 a.m.नयाँ भीसा लिएर जानेको लागि के कस्तो श्रम लिनुपर्ने हुन्छ कृपया खुलाएर बताइदिनुहोला / भीसा आएपछि श्रम रोका गरियो , अब अहिले कसरी जान मिल्ला ? नो अब्जेक्सन सर्टिफिकेट कसरी तयार गर्ने ? कृपया खुलाएर भन्नुपर्यो /
बिष्णु प्रसाद पान्डेय
Sept. 2, 2020, 10:58 p.m.पुन श्रम स्वीकृत को हकमा कस्तो प्रावधान होला ???
राम दिनेश यादव
Sept. 2, 2020, 10:35 p.m.कम्तीमा A B C क्याट गिरी छुट्याउनुपर्छ किन कि जस्तो कि साउदी आरामको । अलमाराई र यरु पनि दुई चार योटा कम्पनी छ जो नेपाल को सरकारी जागिर भन्दा पनि राम्रो सुविधा दिदै छन र यो कम्पनी मा काम गर्नै कामदार नेपाली हरु ले पनि यो नयाँ नियम को चपेटामा पर्ने हुन्छ किर्पया एस्तो मा पनि सरकारी निकाय को ध्यान जाओश