साउन यता १२ सयभन्दा धेरैले राखे श्रम कल सेन्टरमा गुनासो, ९ सय २६ गुनासो सम्बोधन

 भदौ २१, २०७७ आइतबार १८:१५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउनदेखि अहिलेसम्म श्रम कल सेन्टरमा १२ सयभन्दा धेरैले आफ्नो गुनासो टिपाएका छन् ।

देश विदेशबाट वैदेशिक रोजगारी र श्रम रोजगारको विषयमा १२ सय ५६ जनाले कल सेन्टरमा गुनासो टिपाएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यसमध्ये ९ सय २६ जनाको गुनासोको सम्बोधन भएको पनि मन्त्रालयले दावी गरेको छ । वैदेशिक रोजगारी र श्रम रोजगारसँग सम्बन्धित आफ्नो जिज्ञासा, प्रश्न र समस्या कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ०१ ५०००५ मा फोन गरेर राख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया