रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
यूएई – एअर अरेबियाले आबुधाबी – काठमाण्डौ सस्तोमा नयाँ उडानहरु गर्ने भएको छ ।
एअरलाइन्सले अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो शनिबारदेखि सातामा चार उडान गर्ने भएको हो । एकतर्फी उडानको न्यूनतम भाडादर २ सय १६ डलर अर्थात यो समाचार तयार पार्दाको विनिमय दर अनुसार २५ हजार तीन सय २८ रुपैयाँ तोकिएको एअरलाइन्सले जनाएको छ । यो शुल्क अहिले सबैभन्दा सस्तो हो ।
एअर अरेबियाको एअरबस ए ३२० सोमबार, बुधवार, शुक्रबार र शनिबार बिहान ९ बजे काठमाण्डौका लागि उड्नेछ । दिउँसो ३ बजे नेपाल पुगेर त्यसै दिन जहाज ३ ः ४५ मा आबुधाबी फर्कने छ ।
नेपालले कोरोना महामारीको जोखिमलाई मध्येनजर गर्दै बन्द गरेको अन्तर्राष्ट्रिय उडानहरु गएको भदौ १६ गतेदेखि खोलेको हो ।
यात्रुले उडान हुनुभन्दा बढीमा ७२ घण्टा भित्रको कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट हुनपर्छ । यूएईको राष्ट्रिय उडान मध्ये एअर अरेबियाले यसअघि सारजहाँबाट मात्रै उडान भर्दै आएको थियो ।
गएको जुलाई १४ देखि एअरलाइन्सले आबुधाबीबाट पनि उडान सेवा सुरु गरेको थियो । एअरलाइन्सका लागि काठमाण्डौ उडान आठौं रुट हो । यो नेटवर्कमा बंगलादेश, इजिप्ट, सुडान र अफगानिस्तान समावेश छन् ।
यूएईको पाँचौं राष्ट्रिय एअरलाइन्स एतिहाद एअरवेज र एअर अरेबियाबीच राजधानी आबुधाबीबाट कम लागतको उडान सुरु गर्न सहमति गरेसँगै एअरलाइन्सले आफ्नो नेटवर्क विस्तार गरिरहेको छ ।
एअरलाइन्समार्फत उडान भर्नेहरुका लागि निशुल्क बीमाकोसमेत व्यवस्था गरिएको एअरलान्सले जनाएको छ ।
आबुधाबीबाट यसअघि हिमालय र इतिहादले काठमाण्डौका लागि उडान गर्दै आएका छन् । एयर अरेबियाले सस्तोमा उडान भर्ने भएपछि न्यून आय भएका नेपाली श्रमिकलाई स्वदेश फिर्तीमा सहज भएको छ ।