रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – तपाईं घरेलु श्रमिकका रुपमा परदेशमा कार्यरत हुनुहुन्छ ? घर फर्कन चाहानुहुन्छ, तर कागजात छैन ? अवैधानिक बाटो हुँदै गएकाले समस्यामा पर्दा पनि घर फर्कन टिकटको जोहो गर्न सक्नुभएको छैन ? यदि यस्तो हो भने आमकास नेपालमा सम्पर्क गर्न सक्नुहुन्छ ।
आमकास नेपालले विदेशमा कागजात बिहीन भएर काम गरिरहेका र घर फर्कन टिकट काट्ने रकम नहुँदा समस्यामा परेका महिला श्रमिकलाई स्वदेश फिर्तीका लागि टिकटसँगै काठमाण्डौमा पनि आवासको व्यवस्था गरेको छ ।
महामारीको समयमा फर्कने नेपाली श्रमिकलाई पनि आवासको व्यवस्था तथा आवश्यक परामर्श र बिरामी वा अन्य समस्या भएका अस्पतालसम्म लगेर उपचारमा पनि सहयोग गरिरहेको आमकास नेपालकी अध्यक्ष विजया राई श्रेष्ठले जानकारी दिनुभयो ।
यो समयमा विभिन्न समस्यामा परेर फर्किएका महिलालाई मनोपरामर्शदेखि कानुनी सहयोग पनि प्रदान गरिरहेको आमकास नेपालले जनाएको छ । गैरकानुनी महिला श्रमिकलाई स्वदेश फिर्तीका लागि आउँदो डिसेम्बर १५ सम्म टिकटको व्यवस्था गरिदिनेछ । आमकास नेपालमा ९८४१४०४३३७ वा ०१४३७३९६३ मा सम्पर्क गर्न सकिन्छ ।