रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन माग गरेको छ ।
वैदेशिक रोजगारीमा गइ फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुकाे योगदानको कदर गरी स्वरोजगारीलाई प्रोत्साहन गर्न सम्मानको लागि आवेदन माग गरेको मन्त्रालयले जनाएको छ ।
‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६’ को अनुसूची २ अनुसारको आवेदन फारम भरी खामबन्दी गरेर पठाउन सकिन्छ । आवेदन आउँदाे माघ १९ गतेभित्र मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा स्क्यान गरी इमेल ठेगाना [email protected] मा पठाउन मन्त्रालयले आग्रह गरेको छ ।
श्रमिक भिसामा विदेश गइ कम्तिमा पनि एक वर्ष काम गरि फर्किएको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । विगत पाँच वर्षभित्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट यस प्रकारको पुरस्कार प्राप्त गरेकाहरुले भने आवेदन दिन सक्ने छैनन् ।
नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको राहदानीको प्रतिलिपि आवेदनसँगै पेश गर्नुपर्नेछ । यस्तै व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ व ०७६/७७ को करचुक्ता प्रमाणपत्रका प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणासहित आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।
आवेदनको फारम मन्त्रालयको वेबसाइट www.moless.gov.np बाट डाउनलोड गर्न सकिन्छ । थप जानकारीका लागि मन्त्रालयको फोन नम्बर ०१-४२००४७६ मा सम्पर्क गरेर पनि बुझ्न सकिन्छ ।