रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – विदेशमा रहेका काेराेना सङ्क्रमित नेपालीमध्ये ९५ प्रतिशत सङ्क्रमण मुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।
यस्तै कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप २ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता बेलायतमा १ जना र दक्षिण अफ्रिकामा १ जनाको ज्यान गएको हो । यो सँगै विदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउने नेपालीकाे सङ्ख्या २० देशमा ३ सय १९ पुगेको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा मनोरोग बढ्न थालेपछि संघ अन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथाम सम्बन्धी विशेष भर्चुअल कार्यशाला आयोजना गरेको छ । हालसम्म ३ कार्याशाला सम्पन्न भैसकेको संघले जनाएकाे छ । त्यस कार्यशालामा मनरोग विशेषज्ञ डा विजय ज्ञवाली र डा रञ्जन थापाले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । मध्यपूर्व, मलेसिया लगायत देशमा रहेका नेपालीले सहभागिता जनाएका थिए ।