तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – कोरोना महामारी रोकथामका लागि सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । देशका विभिन्न जिल्लाहरूमा निषेधाज्ञा जारी छ । सडक सुनसान छ । उडानहरू बन्द हुँदा वैदेशिक रोजगारीबाट स्वदेश फर्कने र रोजगारीका लागि जाने तयारीमा रहेकाहरू रोकिएका छन् ।
देशमै भएकाहरू त आफ्नै ठाउँमा छन् तर विदेशबाट बिदामा वा करार सकिएर घर फर्कंन टिकट काटिसकेकाहरू निश्चयमा परेका छन् । यस्तै मध्ये एक हुनुहुन्छ अहिले यूएईमा कार्यरत पाल्पाका नारायण कोइराला ।
परदेशी भूमिबाट आफ्नो घर फर्कंन पाउँदा को खुसी नहोला र ? म पनि यस्तै खुसीमा थिए । तर कहिलेकाहीँ खुसीहरू निराशामा परिणत हुँदा रहेछन् ।
मैले अघिल्लो महिनाको १५ तारिख घर जाने बिदा पाउँ भन्दै कम्पनीमा निवेदन दिए । एक महिना पहिला नै निवेदन दिएकाले म काम गर्ने शाखाबाट बिदा पास भइसकेको थियो । बिदाको प्रक्रिया हेड अफिससम्म पुगिसकेको थियो ।
मनमा खुसीको सिमाना थिएन । किनकि गएको वर्ष पनि घर जान पाएको थिइनँ । कोरोना कहरले आफ्नो बिदा परदेशी भूमिमै बिताएको थिए । कोठामा बिना काम बसिरहँदा तनाव नै भएको थियो । डिप्रेसन नै पो हुने हो कि जस्तो पनि भयो । आफूलाई व्यस्त राख्नकै लागि मैले आफ्नो अनुभवहरू लेख्ने र विभिन्न सञ्चारमाध्यममार्फत प्रकाशित गर्ने गरेँ । आफ्नो भावनाहरू लेखमार्फत राख्दा पनि निकै सहज हुँदो रहेछ । साथीभाइले पनि मेरो लेख पढेर राम्रो प्रतिक्रिया दिनुहुन्थ्यो । यसरी नै मैले आफूलाई व्यस्त राखेँ ।
यसपालाको बिदामा भने म घर जान पाउनेमा ढुक्क थिएँ । किनकि एक हिसाबले अवस्था सामान्यतर्फ उन्मुख थियो । कम्पनीमा पनि कुनै समस्या थिएन ।
तर समय आफूले सोचेँ जस्तो भएन । समयको माग अर्कै रहेछ । आशाहरू निराशामा बद्लिँदै गयो । नेपालमा बिस्तारै कोरोना कहर बढ्दै गयो । विगतको अनुभवका आधारमा पनि जहाज बन्द हुन्छ कि भन्ने शङ्का उत्पन्न भयो । त्यही भएर आफ्नो बिदाको निवेदनलाई होल्डमा राख्न अनुरोध गरेँ ।
मन त खल्लो भयो । म घर आउने कुराले घरमा पनि खुसी छाएको थियो । तर के गर्नु कतिपय परिस्थिति हाम्रो बसमा नहुँदो रहेछ ।
कोरोना बढ्दै गयो । घर जाने सपना पनि टुट्दै गयो । इदको बिदासम्म मिलाउँदा चार दिन बढी बिदा पनि थियो यसपालि । घर जाँदा एक दिनले पनि हामी परदेशीको लागि ठुलो महत्त्व राख्छ ।
तर अहिले त मनमा शून्यता छाउन थालिसक्यो । सात समुद्र पारीबाट जहाज नचलेपछि घर आउन सम्भव छैन । मैले बिदा होल्ड गरेको खबरले बुढी आमाको अनुहार पनि मलिन छ । तर के गर्नु यो बेला ज्यान बचाउनु नै अहिलेको पहिलो प्राथमिकता हो । ज्यान रहेँ घर त अर्को साल आउला आमा ।
यो त मेरो समस्या भयो । तर मैले काम गर्ने कम्पनीको साथीहरू पनि घरबाट फर्कने क्रममा थिए । नेपालका मात्र होइन भारतका साथीभाइ पनि अलमल छन् । काममा कसरी फर्कने भन्ने चिन्ता छ । रोजगारी गुम्ने हो कि भन्ने डर पनि ।
किनकि समयमा फर्कंन सकिएन भने कम्पनीले नै कामबाट निकाल्ने सम्भावना हुन्छ । गएको वर्ष पनि बिदामा घर गएका साथीहरू फर्कंन नपाउँदा जागिर गुमेको छ ।
यसपालिको अवस्था देख्दा गत वर्षको अवस्था नआउला भन्न सकिन्न । नेपालको अवस्थाले केही गरौँ भन्ने वातावरण पनि छैन । यहाँ पनि कम्पनीहरू पहिला जस्तो श्रमिकलाई लामो समय कुर्न आवश्यक ठान्दैनन् । कोरोनाकै कारण यहाँ थुप्रै श्रमिकको ज्यान गएको छ । यस्तो अवस्थामा कम्पनीलाई यही पनि श्रमिक पाउन सजिलो छ । हामी परदेशी बाध्यतामा छौँ । बाध्यताले नै जेलिएर बसेका छौँ ।