चितवन राइनोजका समर्थकलाई निःशुल्क बस र खाजाको व्यवस्था
मंसिर १२, २०८१ बुधबार
सम्झना योञ्जन/सर्लाही ।
अहिले म ३४ वर्षकी भएँ । यतिका वर्षसम्म पनि केही गर्न सकिएन भनेर खुब पीर लाग्थ्यो पहिले त । तर हिजोआज मलाई अब चाहिँ केही गर्न सक्छु भन्ने आँट आएको छ । मेरो श्रीमान् युएई र कतारमा तीन पटक आवतजावत गरिसक्नुभयो । दुई देश घुमेर आउँदा पनि कमाइ चाहिँ हात लाग्यो शुन्य नै भयो ।
कमाएको किन बचेन भनेर पनि बुझिेको थिइन पहिला त । अहिले बल्ल थाहा हुँदैछ विदेशको कमाई नबच्नुको कारण । त्यो बेला मैले पनि खर्च गर्नमा कन्ञ्याइ नगर्ने । जोगाउने तिर पनि ध्यान त्यती दिँदैन थिएँ ।
तर जब वित्तीय साक्षरता कक्षामा बस्न थाले त्यसपछि पो थाहा भयो त । साक्षरता कक्षामा बसेर आम्दानी गर्ने र खर्च कम गर्नेबारे जानेपछि हिजोआज मलाई पहिले किन जोगाइएनछ भनेर मन पोल्छ । जे भएपनि अहिले आँखा खुलेको छ ।
अहिले त श्रीमान् पनि घरमै हुनुुहुन्छ तर उहाँलाई विदेश पठाउने योजना छ । विदेश त पठाउने तर योजना सहित । अब पहिलेजस्तो खर्च नगर्ने भन्नेर श्रीमानलाई पनि सिकाउनेछु ।
वित्तीय साक्षरता कक्षामा बस्न थालेदेखि मैले पनि बचत गर्न थालेको छु । घरबाट, खेतबारीबाट भएको आम्दानीबाट दैनिक ५० रुपैयाँ सहकारीमा बचत गर्छु । अनि खुत्रुके बचत पनि गर्न थालेको छु । आफूसँग भए पनि पहिले त बचत भन्दा खर्च कता गर्ने भन्ने ध्यान हुन्थ्यो हिजोआज कसरी जोगाएर बचत गर्ने भन्ने हुन्छ ।
साक्षरता कक्षामा बसेपछि मैले बचत गर्दाका फाइदा र नगर्दाका बेफाइदाका बारेमा सिकें । बचत गर्दा भोली परिआउने समस्याका बेलामा अरुको मुख ताक्नु नपर्ने र बचत भएपछि आफ्नो पनि आत्मविश्वास बढ्दो रहेछ ।
बचत गर्ने भनेर जहाँ पायो त्यही गर्ने होइन रहेछ । कानुनी मान्यता प्राप्त सहकारीहरुमा र बैंकहरुमा राख्नु पर्ने रहेछ । हामीले नगरी नहुने कुरा सिकाउने यो कक्षा मलाई एकदमै मन पर्छ । यो कक्षाले मेरो हरेक व्यवहार राम्रो बनाएको छ । अब श्रीमान् विदेश गएपछि उहाँले कमाको बचाउने र म आफैं घरखर्च पु¥याउने योजना बनाएको छु ।
(सम्झना योञ्जनसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।)