धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजनालाई जर्मन सरकारले ...
पुस १९, २०८१ शुक्रबार
काठमाण्डौ – भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गएर अलपत्र परेका सप्तरीको तोपा–कजौलीका ललितकुमार मण्डललाई मधेशी एकता समाजले उद्धार गरी स्वदेश फर्काएकाे छ ।
आवश्यक सबै सहयोग गर्दै कानुनी प्रक्रिया पूरा गरेर एकता समाज यूएईका उपाध्यक्ष कृष्ण ठाकुरको पहलमा मण्डललाई गएको भदौ १ गते इन्डिगो एअरलाइन्सबाट बुधवार स्वदेश फर्काएकाे हो ।
एक जना नेपाली एजेन्टले काम लगाइदिने प्रलोभन दिएर मण्डललाई भिजिट भिसामा गएको जनवरीमा दुबई लगेका थिए । तर नेपाली एजेन्टको दुबईमा रहेको बंगाली एजेन्टले त्यहाँको कम्पनीमा भिसा नलगाइकनै काम लगाइदिएका थिए । त्यस कम्पनीले तलब र अन्य सुविधा नदिएपछि मण्डल गएको जुलाईको अन्त्यदेखि काम छाडी अजमान बसपार्कको चौरमा भोकभोकै रात बिताउन बाध्य भएका थिए ।
एकता समाजका प्रवक्ता ललित रेले मण्डलको अवस्था थाहा पाएपछि समाजलाई जानकारी गराउनुभएको थियो । त्यसपछि समाजका यूएई उपाध्यक्ष ठाकुरले मण्डललाई उद्धार गरेर झन्डै दुई हप्ता आफूसँगै राख्नुभएको थियो ।
स्वदेश फर्किने क्रममा आबुधाबी विमानस्थलमा प्रतिक्रिया दिँदै पीडित मण्डलले भिजिट भिसामा काम गर्न विदेश नजान सबैलाई आग्रह गर्नुभयो । भिजिट भिसामा खाडी देश गए आफूजस्तै अरूले पनि दुःख पाउने भन्दै उहाँले युवालाई सचेत गराउनुभयो ।