कृत्रिम बौद्धिकता अर्थात् एआईले विश्वव्यापी साइबर अपराध बढाउने चिन्ता

 चैत २४, २०८० शनिबार १२:१६:६ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

विश्वको सबैभन्दा ठूलो पुनर्बीमा जर्मन कम्पनी 'म्युनिख रे' ले प्रविधिको तीव्र विकास र त्यसमा पनि कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलीजेन्स (एआई) का कारण साइबर अपराधको जोखिम थप बढाउनेतर्फ चिन्ता व्यक्त गरेको छ । पुनर्बीमा कम्पनीले आफ्नो पछिल्लो प्रतिवेदनमा गएको महिनामा साइबर अपराध बढेको र यसमा रेन्समवेयरले भूमिका खेलेको उल्लेख गरेको छ ।

रेन्समवेयर एउटा साइबर आक्रमण हो जहाँ भाइरस भएको सफ्टवेयर इन्टरनेटको माध्यमबाट पठाइन्छ । साइबर आक्रमणमा संलग्न हुनेले एआईद्वारा सञ्चालित फिसिङ ई–मेल र कल प्रयोग गर्न सक्ने प्रविधि विशेषज्ञको समूह ‘म्युनिख रे’ ले चेतावनी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

एआईबाट निर्माण गरेको ‘भ्वाइस इन्जिन’ले रेकर्ड गरेको श्रव्य सामग्रीको मात्र १५ सेकेन्ड प्रयोग गरेर कुनै पनि व्यक्तिको आवाज उत्पन्न गर्न सक्ने र त्यो धेरै जोखिमपूर्ण मानिएको प्रविधिका विज्ञको भनाई छ ।

विगत पाँच वर्षमा साइबर बीमा बजारको आकार झण्डै तीन गुणा बढेको र सन् २०२७ सम्ममा दोब्बर अर्थात् २९ अर्ब अमेरिकी डलर पुग्ने अनुमान समेत गरिएको छ । आउँदा दिनमा साइबर आक्रमणबाट हुने क्षति निजी क्षेत्रले बहन गर्न नसक्ने म्युनिख रेका साइबर विशेषज्ञ जुर्गेन रेनहार्टले बताउनुभएको छ ।   

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया