अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद
मंसिर ८, २०८१ शनिबार
काठमाडौं – सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ दिनमा प्रदर्शन भइरहेको छ । असोज २४ गतेदेखि प्रदर्शनमा आएको यो सिनेमा नेपालमा सफलतापूर्वक कारोबार गर्ने सिनेमा हो । योे सिनेमाले नेपाली सिनेमाको इतिहासमै सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राखिसकेको छ ।
नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको यो सिनेमा विदेशमा पनि सफलतापूर्वक प्रदर्शन भइरहेको छ । अमेरिकाको टेक्सासको डालसमाअहिलेसम्मकै धेरै पटक प्रदर्शन हुने सिनेमाको रेकर्डसमेत ‘छक्का पञ्जा ३’ ले राखिसकेको छ । अमेरिकासँगै यो सिनेमालाई अष्ट्रेलियामा पनि दर्शकको उस्तै साथ मिलिरहेको छ ।
अष्ट्रेलियामा सिनेमालाई साथ दिएका दर्शकलाई धन्यवाद दिन र माया बाँड्नका लागि सिनेमाको टोली शुक्रबार साँझ अष्ट्रेलिया उड्दैछ । यो यात्रामा सिनेमाकी निर्देशक दीपाश्री निरौला, कलाकार दीपकराज गिरी, बुद्धि तामाङ, अनुराग कुवँरसँगै दीपकराज गिरीका कान्छा छोरा प्रसिद्ध गिरी छन् । यो टोलीले झण्डै एक साता अष्ट्रेलियामा रहेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेर फर्किनेछ ।
नेपालका सरकारी विद्यालयमा हुने राजनीति र त्यसले विद्यार्थीहरुको भविष्यमा पारेको असरलाई मुख्य विषय बनाएको यो सिनेमामा दीपकराज गिरी, दिपिका प्रसाईँ, केदारप्रसाद घिमिरे, जितु नेपाल, निर शाह, अनुराग कुवँर, संजोग कोइराला, प्रियंका कार्की, स्वस्तिमा खड्कालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
- उज्यालो र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।