रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
विश्वको तापक्रमलाई नयाँ उचाइमा पुर्याउने शक्तिशाली मौसमी घटना 'एल निनो' को प्रभाव सकिएको वैज्ञानिकले बताएका छन् । अष्ट्रेलियाको मौसम विज्ञान ब्यूरोले ‘'एल निनो' को प्रभाव सकिएर प्रशान्त महासागर पर्याप्त रूपमा चिसो भएको बताएको बीबीसीले जनाएको छ ।
गएको जुन महिनामा प्रशान्त महासागरको पानी प्राकृतिक रुपमै तातेपछि देखिने मौसमी असर 'एल निनो' शुरु भएको थियो । त्यही जुनदेखि मार्चसम्म लगातार १० महिना विश्वको तापक्रम अहिलेसम्मकै उच्च भएको छ । तापक्रम उच्च हुनुमा जलवायु परिवर्तनसँगै 'एल निनो' को प्रभाव रहेको वैज्ञानिकको भनाई छ ।
'एल निनो' को प्रभाव सकिएकोले अब हुने तापक्रमले जलावायु परिवर्तनको मात्रै असरबारेमा थाहा हुने अनुसन्धानकर्ताले बताएका छन् । हरेक दुईदेखि सात वर्षको अन्तरमा 'एल निनो' को असर देखिने गरेको छ । तर त्यसको प्रभाव भने कम वा बढी हुन हुन्छ । यसअघि सन् २०१६ मा 'एल निनो' पूर्ण रुपमा सक्रिय भएको थियो ।
यस पटक देखिएको ‘एल निनो’ को प्रभाव भने सन् १९५० यताकै शक्तिशाली रहेको अष्ट्रेलियाको मौसम विज्ञान ब्यूरोले जनाएको छ । यस पटक देखिएको ‘एल निनो’ को प्रभाव चीनदेखि अमेरिकासम्मका धेरैजसो भागमा देखिएको छ ।
यस बर्षको 'एल निनो' गएको डिसेम्बरमा उत्कर्षमा पुगेको थियो । 'एल निनो' का कारण तापक्रममा उच्च वृद्धिसँगै विभिन्न ठाउँमा लु चल्ने तथा अत्याधिक बर्षा भएर बाढी पहिरोका घटना बढेका छन् । अब तापक्रम उच्च हुने क्रम कम हुँदै जलवायुजन्य घटना कम हुन सक्ने वैज्ञानिकको आशा छ । तर जलावायु परिवर्तनको असर भने रहिरहन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।