आईपीएल क्रिकेटमा आज दिल्ली र गुजरात खेल्दै

 बैशाख १२, २०८१ बुधबार ९:५२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स खेल्दैछन् । यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । दिल्ली क्यापिटल्सले आठ खेल खेलेकोमा तीन वटा जितेको छ ।

दिल्ली ६ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । त्यस्तै समान आठ खेलमा चार वटा जितेको गुजरात ८ अङ्कका साथ छैठौँ स्थानमा छ । सन् २०२२ मा गुजरात आफ्नो पहिलो सिजनमै विजेता र गएको सिजन उपविजेता बनेको थियो । दिल्लीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०२० मा मुम्बईले उपाधि जित्दा दिल्ली उपविजेता बनेको थियो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया