आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
फागुन ८, २०८१ बिहिबार
अमेरिकी सरकारले केही दिनअघि निकालेका आणविक सुरक्षा कर्मचारीलाई पुनः भर्ती गर्ने प्रयास गरिरहेको छ ।
राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने भन्दै अमेरिकाले आफैँले बर्खास्त गरेका कर्मचारीहरूलाई पुनः भर्ती गर्ने प्रयास गरिरहेको बीबीसीले जनाएको छ ।
गएको बिहीवार अमेरिकाको ऊर्जा विभागअन्तर्गतको राष्ट्रिय आणविक सुरक्षा प्रशासन (एनएनएसए) का तीन सय कर्मचारीहरूले बर्खास्त पत्रहरू प्राप्त गरेका खबरमा उल्लेख छ ।
विभागले अमेरिकी आणविक हतियार भण्डारको डिजाइन, निर्माण र निरीक्षणको जिम्मेवारी सम्हाल्है आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च कम गर्न सङ्घीय कार्यबलबाट ठूलो सङ्ख्यामा कर्मचारी घटाइरहेका छन् ।
गएको जनवरी २० मा कार्यभार सम्हालेको पहिलो दिनदेखि नै उहाँले यो अभियान तीव्र पार्नुभएको छ । ट्रम्प प्रशासनले हजारौँ कर्मचारीलाई इमेल, भिडियो कल लगायतका माध्यमबाट कर्मचारीको बर्खास्त गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।