मेक्सिकोमा ७ जना फुटबल खेलाडी संयुक्त रूपमा ५७ वर्षका लागि निलम्बनमा परे

 फागुन ४, २०८१ आइतबार १८:२५:१४ | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्वीर

म्याच फिक्सिङको आरोपमा मेक्सिकोमा सात जना फुटबल खेलाडी निलम्बनमा परेका छन् । सट्टेबाजी र म्याच फिक्सिङमा संलग्न भएको आरोपमा मेक्सिकन फुटबल सङ्घले तेस्रो डिभिजनका दुई वटा क्लबका सात जना खेलाडीलाई संयुक्त रूपमा ५७ वर्षका लागि निलम्बन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिबन्धमा पर्नेहरूमा ६ जना रियल अपोडाकाका र एक जना कोरेकामिनोस यूएटीका खेलाडी रहेका खबरमा उल्लेख छ । मेक्सिको फुटबल सङ्घको अनुशासन आयोग र क्लबहरूले निलम्बरमा परेका खेलाडीहरूको नाम खुलाएका छैनन् । यस्तै कुन–कुन खेलमा फिक्सिङ भएको थियो भन्नेबारे जानकारी प्राप्त भएको छैन ।

अपोडाका र कोरिकामिनोसका एक/एक जना खेलाडीलाई १६ वर्षका लागि तथा तीन जना खेलाडीलाई सात वर्ष र दुई जनालाई दुई वर्षका लागि निलम्बन गरिएको छ ।

सन् २०२३ मा स्थापना भएको रियल अपोडाकाले यही हप्ता आफ्ना ६ जना खेलाडीलाई निलम्बन गरिसकेको थियो । स्थानीय मिडियाका अनुसार रियल अपोडाकाका खेलाडीहरूले खेल जानीबुझी हारेका थिए ।

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया