चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै ग...
माघ ८, २०८१ मंगलबार
काठमाडौं – शनिबार बसेको नेपाली कांग्रेसको बैठकले आफ्नो भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन र प्रस्तावित विधानका विषयमा निर्णय गर्न सकेन ।
शनिबार नेविसंघको महाधिवेशनबारे निर्णय गर्ने गरी केन्द्रीय कार्य समितिको बैठक बोलाए पनि पार्टीभित्रको विवादका कराण सभापति शेरबहादुर देउवाले विषय प्रवेश मात्र गराउनुभएको नेताहरुले बताएका छन् ।
केन्द्रीय कार्यलय सानेपामा शनिबार एकैछिन बसेको बैठकमा सभापति शेरबहादुर देउवाले यसबारे विषय प्रवेश गराउनुभएको र आइतबार थप छलफल गरेर निर्णय लिइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । दिउँसो बोलाइएको बैठकमा नेविसंघको नेता कार्यकर्ताले विरोध जनाएपछि बैठक बस्न केही ढिला भएको थियो ।
बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाइएको छ । नेविसंघको निर्वाचित कार्यसमितिको अवधि आइतबार सकिने भएकाले कार्यसमितिको कार्यकाल फेरि थप्ने कि विगठन गर्ने भन्नेबारेमा नेताहरुबीच विवाद छ ।
यसैबचि नेविसंघका नेता कार्यकर्ताले चुनावबाटै अर्को कार्यसमिति चयन गर्ने कि तदर्थ समिति बनाउने भन्ने विषयमा पार्टी कार्यालयमा नाराबाजी गरेका छन् । महाधिवेशन मार्फत नेतृत्व चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्दै नेविसंघका दुई समूहले नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा छुट्टाछुट्टै नाराबाजी गरेका हुन् ।
बैठकमा सहभागी हुन पुगेका सभापति शेरबहादुर देउवालाई दुवै पक्षले घेराउ गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।