युद्धविराम सम्झौता स्वीकार गर्न हमासलाई अमेरिकी विदेशमन्त्रीको आग्रह

 बैशाख १९, २०८१ बुधबार १५:१९:४१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता शुरु गर्दै प्यालेस्टिनी विद्रोही समूह हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न पुनः आह्वान गर्नुभएको छ ।

आज बुधवार इजरायली राष्ट्रपति इसाक हर्जाेगसँगको भेटमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले हमासलाई युद्धविराम सम्झौता स्वीकर गर्न आह्वान गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उहाँले इजरायल–हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका कटिबद्ध रहेको र युद्धविरामले बन्धकहरूलाई घर फर्काउन वातावरण बनाउने बताउनुभएको खबरमा उल्लेख छ । हमासकै कारण युद्धविरामको वातावरण नबनेको उहाँको भनाइ छ ।

इजरायल भ्रमणका क्रममा ब्लिन्केनले गाजा पट्टीमा सहायता बढाउन प्रयास गरिरहनुभएको छ भने संयुक्त राष्ट्र सङ्घले खाद्यान्नको चरम अभावका कारण अनिकालको चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले आजै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेट्ने कार्यक्रम छ ।

हिजो ब्लिन्केनले इजरायल र गाजाको बीचमा भर्खरै खोलिएको एरेज सीमातर्फ खाद्यान्नलगायत अन्य आधारभूत सहायता सामग्री बोकेका ट्रक र सहायताकर्मीलाई बिदाइ गर्नुभएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया