च्याम्पियन्स लिगकाे दाेस्राे सेमिफाइनलमा डर्टमन्ड र पीएसजी खेल्दै

 बैशाख १९, २०८१ बुधबार १८:१३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – यूईएफए च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा आज राति बोरुसिया डर्टमन्ड र पेरिस सेन्ट जर्मेइन (पीएसजी) खेल्दैछन् । दोस्रो सेमिफाइनलको पहिलो लेगको खेल राति पौने १ बजे डर्टमन्डको घरेलु मैदान सिग्नल इदुना पार्कमा हुनेछ ।

क्वार्टरफाइनलमा जर्मन क्लब डर्टमन्डले स्पेनी क्लब एट्लेटिको मड्रिड र फ्रान्सेली क्लब पीएजसीले अर्काे स्पेनी क्लब बार्सिलोनालाई हराएर अन्तिम चारमा पुगेका हुन् । डर्टमन्डले एथ्लेटिकोलाई ५–४ र पीएसजीले बार्सिलोनालाई ६–४ गोलले हराएको थियो । डर्टमन्डले एक पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने पीएसजी अहिलेसम्म विजेता बन्न सकेको छैन ।

च्याम्पियन्स लिगमा हिजो राति भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा बार्यन म्युनिख र रियल मड्रिडले २–२ गोलको बराबरी खेलेका छन् । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा बेलायतको वेम्ब्ले स्टेडियममा हुनेछ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया