एयर इन्डियाको उडानमा भएको अवरोध हट्यो

 वैशाख २९, २०८१ शनिबार ६:४५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

भारतको एयर इन्डियाको उडानमा भइरहेको अवरोध हटेको छ । विमान सेवाका कर्मचारीले हडताल फिर्ता लिएको र उडान सेवा नियमित शुरु भएको एयर इन्डियाले जनाएको छ । यसअघि कर्मचारीबाट अकस्मात बिरामी बिदा माग भएपछि बुधवार र बिहीवार दुई दिन लगातार उडानमा अवरोध भएको थियो ।

वार्ता र छलफलपछि चालक दलका सदस्यले आफ्नो विरोध अन्त्य गरेको श्रम कानून कार्यान्वयनको निरीक्षण गर्ने सरकारी निकाय भारतीय श्रम आयोगले जनाएको छ । त्यस्तै एयरलाइन्सले यसअघि बर्खास्त गरेका २० भन्दा धेरै कर्मचारीलाई काममा फर्काइएको छ ।

आयोगले कर्मचारीका मागबारे थप छलफल गर्न आउँदो मे २८ तारिखमा अर्को बैठक गर्न पनि सुझाव दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ऋणमा डुबेपछि सन् २०२२ मा भारतीय ध्वजावाहक विमान सेवा टाटा समूहको स्वामित्वमा पुगेको थियो ।

टाटा समूहले कर्मचारीको भर्ती र पदोन्नती जस्ता विषयमा नयाँ नीतिहरु सार्वजनिक गरेसँगै कर्मचारीले त्यसको विरोध गरेका थिए ।  उनीहरुको विरोधका कारण लगातार दुई दिन गरी कम्तिमा एक सय ७५ वटा उडान ढिलाइ तथा रद्द गर्नुपरेको थियो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया