कक्षा कोठामा शिक्षामन्त्री : ‘पुस्तक पुनःप्रयोग गर्न जतन गरेर राख्नुहोस्’

 वैशाख ३१, २०८१ सोमबार ७:३९:१६ | रासस
unn.prixa.net

तस्बिर : सुमना श्रेष्ठ सचिवालय

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पुस्तक पुनःप्रयोग गर्ने नीति कार्यान्वयन गर्न सके त्यसबाट बचेको रकम विद्यालयले विद्यार्थीकै हितमा प्रयोग गर्न सक्ने बताउनुभएको छ । मन्त्रालयले आगामी बजेटमा पुस्तक पुनःप्रयोगबारे कार्यक्रम राखेको छ ।

हिजो काठमाण्डौको बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुहुँदै पुस्तक जतन गरेर राख्न उहाँले सुझाव दिनुभयो । ‘तीन अर्बभन्दा बढी रकम हरेक वर्ष पुस्तक छाप्न खर्च हुन्छ, त्यसको केही प्रतिशत मात्रै हामीले बचाउन सक्यौँ भने त्यो रकम विद्यार्थीकै खाजा र अरू कार्यक्रममा खर्च गर्न सकिन्छ’, मन्त्री श्रेष्ठले भन्नुभयो ।

उहाँले विद्यार्थीहरुलाई किताब कसरी विद्यार्थीको हातमा पुग्छ भन्ने प्रक्रियाबारे बुझाउनुभएको थियो । ‘पाठ्यक्रम विकास केन्द्रले किताब तयार गरेर छाप्न जनक शिक्षा सामाग्री केन्द्रलाई दिन्छ र केन्द्रले पुस्तक छापेर प्रादेशिक डिपोमा पठाउँछ । प्रादेशिक डिपोले जिल्लागत स्थानीय बिक्रेता कहाँ पठाउँछ र त्यहाँबाट विद्यालयले  खरिद गरी विद्यार्थीलाई पुस्तक दिन्छ’, मन्त्री श्रेष्ठले भन्नुभयो । उहाँले पुस्तकलाई ढोग्ने र सुरक्षित राख्ने हाम्रो संस्कार रहेकाले  पुस्तक सुरक्षित राख्न आग्रह गर्नुभयो । 

आठ कक्षाको मात्रै पुस्तक अर्कोपल्ट प्रयोग गर्ने हो भने खाजा खर्च २० रुपैयाँ गर्दा एक लाख ३६ हजार छ सय १३ जना अरू विद्यार्थीले दिवा खाजा पाउने उहाँको भनाइ थियो  । सरकारले पुस्तक सुरक्षित राखेर फिर्ता गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने नीति बनाइरहेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया