दिल्लीका मुख्यमन्त्री केजरीवाललाई पदबाट हटाउन माग गरेको रिट सर्वाेच्चद्वारा खारेज

 वैशाख ३१, २०८१ सोमबार १५:१९:४९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पदबाट हटाउन माग गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

मदिरा नीतिमा नीतिगत भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेपछि केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गर्दै रिट परेको हो । पक्राउ परेपछि केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिन अस्वीकार गर्नुभएको थियो ।

न्यायधीशहरू संजिव खन्ना र दीपंकर दत्ताको इजलासले दिल्ली उच्च अदालतको फैसलामा दखल पुर्‍याउन नसक्ने भन्दै रिट खारेज गरेको बीबीसी हिन्दीले जनाएको छ ।

अब केजरीवाललाई जेलमै रहेर पनि मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने बाटो खुलेको छ । दिल्लीका उपराज्यपालले यस विषयमा निर्णय लिन सक्ने भए पनि अदालतले यस विषयमा हस्तक्षेप गर्न नसक्ने आदेशमा उल्लेख छ ।

यसअघि सर्वोच्च अदालतले चुनाव अविधिभरका लागि जमानतमा छाड्न आदेश दिएपछि केजरीवाल रिहा हुनुभएको छ । उहाँ जुन १ तारिखमा पुनः अदालतमा उपस्थित हुनुपर्नेछ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया