त्वहिदकाे शतकमा बङ्गलादेशले बनायाे २ सय २९ रन, शमीले ५ विके...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डौ – किसानले कृषि उपजको उत्पादन अनुसार लागत पाउन नसकेको र उपभोक्ताले महँगो किनेर खानुपर्ने अवस्था रहेकोमा राष्ट्रिय किसान आयोगले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
कृषि उपजहरुको लागत र बजार मूल्यको सम्बन्धमा निरन्तर गुनासो आएको भन्दै आयोगले सरोकारवालासँग छलफल गरी आवश्यक नियमन गर्न सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो ।
आयोगका अध्यक्ष डा.प्रेम दंगालले कृषि क्षेत्रमा सुशासन ल्याउनुपर्नेतर्फ जोड दिनुभएको छ । उहाँले किसानलाई सामाजिक न्यायको अनुभूति गराउनुपर्ने बताउनुभयो । पालिकाले विकासका पूर्वाधारलाई मात्रै नभएर किसानको समस्यालाई पनि प्राथमिकतामा राख्न आयोगका अध्यक्ष दंगालको सुझाव छ ।
आयोगका सदस्यहरु टेकबहादुर बोगटी, जीवन्ती पौडेल, मञ्जु धिमालले अहिले तरकारी उत्पादन किसान मर्कामा परेका भन्दै प्रभावकारी बजार संयन्त्र हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले लागत नउठेर मारमा परेका किसानलाई राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभयो ।
कृषि अर्थविज्ञ डा.देवेन्द्र गौचनका अनुसार भारतीय तरकारी भित्रिदा अहिले नेपाली किसान मर्कामा परेका छन् । मुख्यगरी मङ्सिर, पुसदेखि वैशाख, जेठसम्म किसानले आफ्ना उत्पादनमा वर्षेनि यो समस्या झेल्दै आएका भन्दै उहाँले बजारमा प्रभाव पार्ने तत्वहरुको विश्लेषण गरी नीति नियम बनाउनुपर्नेमा जोड दिनुभयो ।
किसान आयोगले हिजो गरेको अन्तरक्रियात्मक छलफल कार्यक्रममा कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल, काठमाण्डौको मुख्य बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका डा.महादेवप्रसाद पौडेल, केन्द्रीय कृषि प्रयोगशालाकाका डा.शान्ता कार्की, किसान तथा किसान सङ्घ–सङ्गठनका प्रतिनिधि, व्यवसायी लगायतले धारणा राखेका थिए ।
पछिल्लो समय काउली, बन्दा, मूलालगायतका तरकारीको उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन् । कतिपय किसानले उत्पादन नबिकेर खेतबारीमै जोत्न बाध्य छन् । भाउ नपाउँदा तरकारी उत्पादनकर्ता किसान अनि भाउ महँगो तिरेर किन्नुपर्ने उपभोक्तासमेत मारमा पर्दै आएका छन् ।
होलसेलबाट खुद्रा बजारसम्म आइपुग्दा तरकारीको मूल्य दोब्बर, तेब्बर पर्ने गर्छ । बजारमा कृषि उपजको भाउमा हुने मनमौजीलाई रोक्न सरकार र सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने किसान आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।