त्वहिदकाे शतकमा बङ्गलादेशले बनायाे २ सय २८ रन, शमीले ५ विके...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डौ – विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौं संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरको शहीद रङ्गशालामा हुने भएको छ । विराट गोल्डकप टष्ट्रका अनुसार प्रतियोगिता ‘फ्लडलाइट’ मा रातको समयमा हुनेछ ।
प्रतियोगितामा नेपाल र भारतका गरी १० टोली सहभागी हुने भएका छन् । नेपालका एनआरटी, थ्रीस्टार, मछिन्द्र क्बल, चर्च ब्वाइज, विभागीय टिम नेपाल पुलिस, एसपीएफ, त्रिभुवन आर्मी, आयोजक मोरङ टिम सहभागी हुनेछन् ।
भारतबाट दुई टोली सहभागी हुने प्रतियोगिताका संयोजक नविन रिजालले जानकारी दिनुभयो । प्रतियोगिताको विजेतालाई ११ लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार दिने आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।