ग्लोबल आईएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन
पुस ८, २०८१ सोमबार
इजरायली सेनाले गाजामा अर्का एक बन्धकको पनि शव भेटिएको बताएको छ । गाजामा खोज तथा कारबाहीका क्रममा ५३ वर्षका रोन वेन्जामिनको शव भेटिएको इजरायली सेनाका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
रोन वेन्जामिनलाई प्यालेस्टिनी विद्रोही समूह हमासले गएको अक्टोर ७ मा इजरायलमा आक्रमण गर्दा बन्धक बनाएको थियो । यसअघि अस्ति शुक्रवार तीन जना बन्धकको शव भेटेको इजरयाली सेनाले बताएको थियो ।
यसैबीच इजरायली युद्ध मन्त्रिपरिषद्का मन्त्री बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको लागि युद्धपछिको योजना नबनाए राजीनामा दिने धम्की दिनुभएको छ । उहाँले गाजामा हमास शासनको अन्त्य र बहुराष्ट्रिय नागरिक प्रशासन स्थापनासहित छ वटा रणनीतिक लक्ष्य प्राप्त गर्ने योजना नबनाए राजीनामा दिने धम्की दिनुभएको बीबीसीले जनाएको छ ।
उहाँले योजना बनाउन यही जुन आठ तरिखसम्मको समय दिनुभएको छ । प्रधानमन्त्री नेतान्याहूमाथि बन्धक रिहा र गाजामा युद्धपछिको योजना बनाउन देशभित्र दबाब बढ्दै गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।