प्रकाशलाई सम्झिएर भावुक भए प्रचण्ड

 मंसिर ३, २०७५ सोमबार १२:७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर –नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीको माया र सद्भावले नै आफ्नो परिवार छिन्नभिन्न हुनबाट जोगिएको बताउनुभयो । 

छोरा प्रकाश दाहालको वार्षिक पूण्यतिथिका अवसरमा दाहाल निवास खुमलटारमा आयोजित प्रथम स्मृति सभामा उहाँले शोकलाई नयाँ शक्तिमा बदल्न देशवासीको साथ र सहयोगले मात्रै सम्भव भएको पनि बताउनुभयो । 

स्मृति सभामा बोल्दै गर्दा पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका दाहाल भावुक हुनुभयो । उहाँले भन्नुभयो, ‘प्रकाशको निधनले हाम्रो परिवारलाई ठूलो क्षति त पुग्यो, तर देश अनि पार्टीलाई नै क्षति पुग्यो ।’ 

‘छोरालाई गुमाउनुपर्दाको असम्भव लाग्ने पीडा पनि हामीले सामना गर्यौँ’, उहाँले भन्नुभयो, ‘तर तपाईँहरुको उपस्थिति, सद्भाव अनि मायाले नै हामीले शोकलाई शक्तिमा बदल्न सक्यौँ ।’

छोरा प्रकाशजस्तै देशका हजारौ र लाखौ प्रकाशहरु प्रति हाम्रो जिम्मेवारी रहेको भन्दै उहाँले त्यसै अनुरुप देश निर्माणमा आफू निरन्तर लागिरहेको बताउनुभयो ।  जीवनमा आएको विभिन्न उतारचढावका बीच पछिल्लो समयमा प्रकाश एउटा परिपक्व व्यक्तिका रुपमा रहेको पनि प्रचण्डले बताउनुभयो । 
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया