देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीको काम छैन : मन्त्री पण्डित

 मंसिर ३, २०७५ सोमबार १४:५४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीहरुलाई कडा निर्देशन दिनु भएको छ ।

मन्त्री पण्डितले ‘कर्म एकातिर, चाहार्ने अर्कोतिर’ भन्दै कर्मचारीहरुप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो । उहाँले देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीहरुको देशलाई कामै नभएको पनि स्पष्ट पार्नुभयो ।

सोमबार ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पण्डितले आफ्नो कर्मप्रति जवाफदेही हुने गरी आवश्यक प्रशिक्षण दिन पनि मातहतका निकायलाई सचेत गराउनुभयो । कर्मचारीहरुले देशको हित हुने गरी काम नगरेको मन्त्री पण्डितको गुनासो छ ।

मन्त्री पण्डितले दुर्गम क्षेत्रको स्थानीय तहका काम गर्ने कर्मचारीलाई थप सुविधा उपलब्ध गराउने घोषणा पनि गर्नुभयो । उहाँले कर्मचारीको आवश्यक सेवा, सुविधा वृद्धि गर्न सरकारले संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।

प्रशिक्षणमा ३ सय ६५ जना शाखा अधिकृतहरु सहभागी भएका छन् । कार्यक्रममा बोल्दै लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले शाखा अधिकृतको प्रशिक्षण लिइरहेकाहरुबाट देशले ठूलो अपेक्षा गरेको बताउनु भएको थियो ।

 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया