नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित टी–२० महिला क्रिकेट श...
पुस २८, २०८१ आइतबार
गुगलले मलेसियामा २ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । दक्षिणपूर्वी एसियाली देश मलेसियामा पहिलो ठूलो डाटा सेन्टर र गुगल क्लाउड हबको विकासका लागि अमेरिकी प्रविधि कम्पनी गुगलले २ अर्ब डलर लगानी गर्ने भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यसअघि माइक्रोसफ्टले पनि मलेसियाको न्यु क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधार निर्माणमा आउँदो चार वर्षमा २ अर्ब २० करोड डलर खर्च गर्ने घोषणा गरिसकेको छ ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गुगलको लगानीलाई मलेसियाको शासन र अर्थतन्त्रमा विश्वासको सङ्केतको रूपमा प्रशंसा गर्नुभएको छ । अनवरले गुगल र माइक्रोसफ्टको लगानीले देशको अर्थतन्त्रमा ३ अर्ब २० करोड डलर थप गर्ने र सन् २०३० सम्ममा २६ हजार ५ सय रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको पनि बताउनुभएको छ ।
गुगलले एक विज्ञप्ति निकालेर मलेसियाको सेलाङ्गोर राज्यको एक बिजनेस पार्कमा नयाँ डाटा सेन्टर र क्लाउ हबको विकास गरिने बताएकाे छ । गुगल डाटा सेन्टर स्थापना गर्ने मलेसिया १२ औँ देश हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।