आज राति नेपाल र अमेरिका खेल्दै

 जेठ १७, २०८१ बिहीबार १८:१०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटअघिको दोस्रो तथा अन्तिम अभ्यास खेलमा आज राति नेपाल र अमेरिका खेल्दैछन् ।

अमेरिकाको डल्लासमा हुने यो खेल राति सवा ९ बजे शुरु हुनेछ । यसअघि पहिलो अभ्यास खेलमा नेपाल अमेरिकासँग ६३ रनले पराजित भएको थियो । विश्वकप क्रिकेटअघि अहिले अभ्यास खेल भइरहेको छ ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको नवौँ संस्करणको प्रतियोगिता जुन २ तारिखदेखि शुरु हुँदैछ । नेपालले पहिलो खेल जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्दैछ ।

टी–२० विश्वकपमा नेपाल समूह 'डी' मा छ । याे समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्ग्लादेश छन् । यस्तै समूह 'ए' मा आयरल्यान्ड, क्यानडा, अमेरिका, भारत र पाकिस्तान छन् । समूह 'बी' मा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र इङ्ग्ल्यान्ड छन् । समूह 'सी' मा अफगानिस्तान, युगान्डा, पीएनजी, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया