अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
अमेरिकी अन्तरिक्ष निकाय नासाले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको दाबी गरेको छ । जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्ले सबैभन्दा टाढाको आकासगङ्गा फेला पारेको नासालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
यो आकासगङ्गा ब्रह्माण्ड उत्पत्तिको शुरुवाती विस्फोट, बिग ब्याङ्गको ३० करोड वर्षको समयभन्दा कम समयमा बनेको वैज्ञानिकको विश्वास छ । खगोलशास्त्रीले ब्रह्माण्डको शुरुवात कसरी भयो भनेर व्याख्या गर्ने बिग ब्याङ्ग हो ।
यो ब्रह्माण्ड केवल एक बिन्दुको रूपमा शुरु भएर अहिलेको रुपमा फैलिएको र अझै पनि फैलिरहेको वैज्ञानिकले बताएका छन् । आकाशगङ्गाले ब्रह्माण्ड धेरै सानो हुँदा ग्यास, तारा र ब्ल्याक होल परिवर्तन भएका तरिकामा महत्त्वपूर्ण जानकारी प्रदान गर्ने नासाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।