दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा जेलमा आत्मसमर्पण

 जेठ २१, २०८१ सोमबार ६:२४:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् । मुख्यमन्त्री केजरीवालले २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि  निर्धारित समयमा आत्मसमर्पण गरेको दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले जानकारी दिनुभयो । उहाँले केजरीवालको स्वास्थ्य अवस्था भने राम्रो नभएको बताउनुभएको छ ।

हिजो जेल जानुअघि केजरीवालले सर्वोच्च अदालतले चुनाव प्रचारका लागि २१ दिन दिएकोमा धन्यवाद दिएका बिबिसी हिन्दीले जनाएको छ ।  अदालतले चुनाव प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा गर्न मिल्ने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया