रेलको ठक्करबाट हात्तीलाई जोगाउन भारतकाे तमिलनाडुमा 'एआई' को प्रयोग

 जेठ २१, २०८१ सोमबार १५:१६:६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतको तमिलनाडु राज्यमा रेलको ठक्करबाट हात्तीलाई जोगाउन कृत्रिम बौद्धिकता अर्थात् 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) मा आधारित निगरानी प्रणालीको प्रयोग शुरु भएको छ ।

रेल्वे लिकमा हुने दुर्घटनाबाट हात्ती मर्ने क्रम बढेपछि त्यसलाई रोक्न एआईको प्रयोग थालेको तामिलनाडु वन विभागकी सचिव सुप्रिया साहूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सरकारको तथ्याङ्कअनुसार बितेको एक दशकमा मात्रै रेलको ठक्करबाट ३६ वटा हात्ती मारिएका छन् । धेरैजसो घटना जङ्गलसँग सीमावर्ती मधुकराई नजिकैका दुई वटा रेल्वे लिकमा हुने गरेका छन् ।

वन विभागले अहिले मधुकराईको दुई वटा रेल्वे लिक नजिकै १२ वटा टावर बनाएर एआईको प्रयोग गरिएका क्यामेरा राखेको छ । ती क्यामेराले हात्तीको आवतजावतको प्रत्यक्ष निगरानी गर्छन् । रेल्वे लिकको सय फिट नजिकै हात्ती देखियो भने एआईले वन र रेल्वेका अधिकारीहरूलाई सतर्कताको सूचना पठाउँछ । त्यसपछि उनीहरू रेलको गति सुस्त बनाउन एकअर्कासँग समन्वय गर्छन् । त्यसले हात्तीलाई रेलसँग ठोक्किनबाट जोगाउँछ । कर्मचारीहरूले प्रणालीको निरन्तर अनुमगन गर्छन् ।

यसअघि वनका अधिकारीहरूले रेल्वे नजिकै हात्तीको गतिविधि अनुगमनका लागि निरन्तर गस्ती गरे पनि दुर्घटनाबाट बचाउन सकेका थिएनन् । नयाँ प्रणाली लागू भएको केही महिनामै झन्डै चार सय पटक हात्ती रेल्वे लिक नजिकै आउन लागेको थाहा पाएर सम्भावित दुर्घटना हुनबाट जोगिएको सचिव साहुले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया