नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित टी–२० महिला क्रिकेट श...
पुस २८, २०८१ आइतबार
भारतमा जारी लोकसभाको मतगणनाले भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत नल्याउने सम्भावना बढेको छ ।
यो चुनावमा भाजपाले चार सय सिटभन्दा धेरै ल्याएर संविधान संशोधनको समेत एजेन्डा अघि सारेको थियो । तर आज भइरहेको मतगणनाअनुसार भाजपा एक्लैले दुई सय ३३ सिटमा अग्रता लिएको छ । भाजपा नेतृत्वको 'नेशनल डेम्रोक्र्याटिक अलाइन्स' (एनडीए) ले भने दुई सय सय ९१ सिटमा अग्रता लिइरहेको छ ।
यस्तै भारतीय कांग्रेस एक्लै ९७ सिटमा अघि रहेको छ । कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले दुई सय ३५ सिटमा अग्रता लिएको छ । पाँच सय ४२ सिटका लागि भएको चुनावमा बहुमत हासिल गर्न दुई सय ७२ सिट आवश्यकता पर्छ । भारतीय निर्वाचन आयोगका अनुसार पाँच सय ४३ लोकसभा सिटमध्ये गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्वाचित भइसक्नुभएको छ ।
मतगणनामा देखिएको अग्रताअनुसार भाजपा एक्लैले बहुमत ल्याउन नसक्ने देखिएको छ । यदि भाजपासँगै गठबन्धन गरेका एनडीएका साना दलले साथ छाडेमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको सरकार बन्न सक्ने आकलन पनि शुरु भएको छ ।
गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात वटा चरणमा गरी गएको शनिवार सकिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।