अन्तरिक्षबाट पृथ्वीको सबैभन्दा स्मरणीय फोटो खिचेका एन्डर्सको विमान दुर्घटनामा ज्यान गयो

 जेठ २६, २०८१ शनिबार १८:२२:५९ | एजेन्सी
unn.prixa.net

एजेन्सी

अन्तरिक्षबाट पृथ्वीको सबैभन्दा स्मरणीय फोटो खिचेका बिल एन्डर्सको विमान दुर्घटनामा ज्यान गएको छ । अमेरिकाको वासिङटनमा पर्ने तटीय क्षेत्रमा सानो विमान दुर्घटना हुँदा एन्डर्सको ज्यान गएको बीबीसीले जनाएको छ । ९० वर्षका एन्डर्सले नै उडाइरहनुभएको विमानमा उहाँ एक्लै रहनुभएको स्थानीय प्रहरीले जनाएको छ ।

अपोलो ८ अन्तरिक्ष यात्राका क्रममा एन्डर्सलेले खिच्नुभएको अर्थराइज अर्थात् पृथ्वी उदाउँदै गरेको फोटोलाई अहिलेसम्मकै स्मरणीय र उदाहरणीय फोटो मानिन्छ । सन् १९६८ को अपोलो ८ मिसन अन्तरिक्षयात्रीसहित पृथ्वी छाड्ने र चन्द्रमाको कक्षमा पुग्ने पहिलो उडान थियो ।

पृथ्वी उदाउँदै गरेको फोटोमा हाम्रो ग्रह बलौटे चन्द्र सतहको क्षितिजबाट उदाउँदै गरिएको देखिन्छ । त्यही फोटोले विश्वव्यापी वातावरण आन्दोलनका लागि उत्प्रेरकको रूपमा काम गरेको र पृथ्वी दिवस शुरु गर्न प्रेरित गरेको मानिन्छ ।

पृथ्वी दिवस वार्षिक रूपमा पृथ्वीको रेखदेखको लागि सचेतना र अभियान प्रवर्द्धन गर्ने उद्देश्यका साथ मनाइन्छ । चन्द्रमामा सन् १९६९ जुलाई २० तारिखमा पहिलो सफल अबतरण गरेको अपोलो ११ मिशनमा समेत उहाँ ब्याकअप पाइलटका रूपमा रहनुभएको थियो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया