टी–२० विश्वकप क्रिकेट : वेस्ट इन्डिजसँग युगाण्डाको फराकिलो हार

 जेठ २७, २०८१ आइतबार ९:९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह 'सी' को खेलमा वेस्ट इन्डिजले युगाण्डालाई एक सय ३४ रनले हराएको छ । वेस्ट इन्डिजले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको युगाण्डा १२ ओभरमा ३९ रन मात्रै बनाएर अलआउट भयो ।

युगाण्डाका लागि जुमा मियागीले अविजित १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् । वेस्ट इन्डिजका अकेल होसेनले सर्वाधिक पाँच विकेट लिए । यस्तै अलजारी जाेसेपले दुई, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक विकेट लिए ।

यसअघि गुएनाको प्रोभिडेन्स रङ्गशालामा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रन बनायो । वेस्ट इन्डिजका लागि जोनसोन चाल्र्सले सर्वाधिक ४४ रन बनाए र आन्द्रे रसेलले ३० रन बनाए । युगाण्डाका ब्रायन मसाबाले दुई विकेट लिए । यस्तै अल्पेश रामजानी, कोसमस केयूटा र दिनेश नक्रानीले समान एक विकेट लिए ।

यो जितसँगै वेस्ट इन्डिज चार अङ्कसहित समूहको दोश्रो स्थानमा छ । समान अङ्क भएको अफगानिस्तान समूहको शीर्ष स्थानमा छ । दुई खेलमा एक जित र एक हार खेलेको युगाण्डा दुई अङ्कसहित समूह तालिकाको तेश्रो स्थानमा यथावत् छ । समूह 'सी'मा रहेको युगान्डा पहिलो खेलमा अफगानिस्तानसँग एक सय २५ रनले पराजित भएको थियो । उसको आफ्नो दोस्रो खेलमा पपुवा न्यूगिनीलाई तीन विकेटले हराएको थियो । वेस्ट इन्डिजले पनि आफ्नो पहिलो खेलमा पीएनजीलाई पाँच विकेटले हराएको थियो ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया