अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १० जोडीलाई आज एक कार्यक्रमबीच सम्मान गरेको छ ।
भरतपुर महानगरकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रूपमा सम्मान गर्नुभयो । अन्तरजातीय विवाह गरेका जोडीलाई भरतपुर महानगरले एक/एक लाख रुपैयाँ पनि दिएको छ ।
कार्यक्रममा मेयर दाहालले ४ वर्षदेखि शुरुआत भएको सम्मान कार्यक्रममा क्रमशः जोडीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँले महानगरपालिकालाई सभ्य र सु–संस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताउनुयभो । जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको मेयर दाहालले उल्लेख गर्नुभयो ।
भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विषयमा फड्को मारेको र जात जातिमा हुने विवेद अन्त्यका लागि सम्मान कार्यक्रम गरिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।