स्याङ्जाको वालिङमा विद्यार्थीलाई कपाल काट्ने सीप

 जेठ २८, २०८१ सोमबार १२:४२:५ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – स्याङ्जाको वालिङ नगरपालिका–९ मा रहेकाे भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम शुरु गरेको छ ।

व्यावहारिक सीपमार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो । जिल्लाकै पुरानो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ ।

विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्क रूपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्दै गएको भन्दै भुम्रे माविले प्रयोगात्मक विधिमार्फत विद्यार्थी आकर्षण गर्ने प्रयास गरेको हो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया