त्रिभुवन विमानस्थलकाे उडान चाप व्यवस्थापन गर्न भक्तपुरकाे नलिञ्चाेकमा हेलिप्याड

 असार ७, २०८१ शुक्रबार १५:९:४९ | रासस
unn.prixa.net

भक्तपुर – भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आज हेलिप्याडको उद्घाटन गर्दै त्रिभुवन विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पर्यटन मन्त्री तामाङले देशको हवाई उडानलाई सुरक्षित र भरपर्दाे बनाउन मन्त्रालयले नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले देशको नागरिक उड्डयन सेवालाई सुरक्षित, भरपर्दाे र स्तरीय बनाउन त्रिभुवन विमानस्थलमा पूर्वाधार विस्तारसहित विभिन्न काम अगाडि बढाएको बताउनुभयो ।

प्राधिकरणका सिभिल इन्जिनियर विनायक भट्टराईका अनुसार १७ वटा हेलिकप्टर पार्किङ गर्न मिल्ने क्षमता रहेको नालिञ्चोक हेलिप्याडमा एकैपटक चार वटा हेलिकप्टर अवतरण गर्न सकिन्छ ।

झन्डै  ११ करोड रुपैयाँको लागतमा हेलिप्याड निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिले नेपालमा १२ वटा हेलिकप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकप्टर छन् ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया