संसदीय छानविन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने

 असार २५, २०८१ मंगलबार १८:११:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितसँग छलफल गर्ने भएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले असार २६ गते अर्थात् भोलि पीडितसँग छलफल गर्ने निर्णय गरेको हो ।

सहकारीका पीडितसँग प्रतिनिधिमुलक ढङ्गले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभयो । आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञसँग छलफल गरेको थियो ।

अब पीडितसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायको खोजी गरिने विशेष समितिका सभापति थापाले बताउनुभयो ।  

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया