कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

 असार २६, २०८१ बुधबार ८:०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ । कोशी, मधेस र गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाग्मती प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

कोशी र मधेस प्रदेशका एक–दुई ठाउँमा मुसलधारे वर्षाको समेत सम्भावना छ । ती क्षेत्रका थोरै ठाउँमा अहिले पनि मध्यम वर्षा भइरहेको छ । आज बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा  वर्षा भएको छ ।

अहिले पूर्व पश्चिम राजमार्ग नजिकै सुनसरी खोला र झापामा पूर्व पश्चिम राजमार्ग नजिकै विरिङ खोला सतर्कताको तहमा पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरको मौसम साधरणतया बदली रहने अनुमान छ । आज राति पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी  प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

ठूलो पानी पर्ने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया