नुवाकोटको विदुर नगरपालिकामा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान

 असार २७, २०८१ बिहीबार १२:१६:१३ | रासस
unn.prixa.net

नुवाकोट – नुवाकोटको विदुर नगरपालिकाले जेहेनदार, गरिब तथा विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । नगरको नीति तथा कार्यक्रम एवम्  बजेटमा उल्लेख भएअनुसार ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत १५ जना विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि आवश्यक सबै शुल्क छात्रवृत्ति स्वरूप उपलब्ध गराएको हो ।

तोकिएको कार्यविधिअनुसार १५ जनाले पूर्ण छात्रवृत्तिमा पशु विज्ञान र बाली विज्ञान अध्ययन गरिरहेका मेयर राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार ‘नगरका जेहेनदार तथा गरिब स्थानीय विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने’ सम्बन्धी कार्यविधि–२०७७ अनुसार छात्रवृत्ति रकम प्रदान गरिएको छ ।

विदुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत प्राविधिक विषयमा तीन वर्षे डिप्लोमा तह र प्राविधिक उच्च शिक्षाअन्तर्गत चिकित्सक, इन्जिनियर, पशु चिकित्सक, वनविज्ञान अध्ययनको लागिसमेत पूर्ण छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया