कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
अत्यधिक वर्षापछि आएको बाढीका कारण क्यानडाको टोरन्टो शहर डुबानमा परेसँगै त्यस क्षेत्रका सडक जलमग्न भएका छन् । तीन ठूला आँधीका कारण अत्यधिक वर्षा भएपछि ती सडकबाट यात्रा गरिरहेका कयौँ यात्रु तथा चालकहरु फसेका छन् । अत्यधिक वर्षा र बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत सेवासमेत अवरुद्ध भएको छ ।
टोरन्टो हाइड्रोकाअनुसार आँधीले १ लाख ६७ हजारभन्दा धेरैलाई बिजुलीबिहीन बनाएको छ । क्यानडाको मौसमी रिपोर्टअनुसार टोरन्टोमा सन् १९४१ पछिको वर्षाको दैनिक रेकर्ड तोडिएको छ । हिजो त्यहाँ १ सय मिलिमिटर वर्षा मापन भएको बीबीसीले जनाएको छ ।
वर्षाका कारण शहरमा ठूलो बाढी पसेको छ । वर्षा र बाढीका कारण धेरै उडान रद्द भएका छन् भने केही राजमार्गहरु बन्द गरिएका छन् । बाढीमा फसेका १४ जनाको उद्दार गरिएको अधिकारीहरुले बताएका छन् । टोरन्टोमा भएका खोला तथा नदीमा पानीको बहाव बढेकोले अझै धेरै डुबानमा फसेकाको उद्धार गर्न बाँकी रहेको त्यहाँँको मौसम विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।