पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
धनकुटा – चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटारमा आजदेखि 'स्काइवाक टावर' सञ्चालनमा आएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारको चाल्स पोइन्टमा नेपालकै तेस्रो स्काइवाक टावर सञ्चालनमा आएको हो ।
टावरको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले भेडेटारलाई पर्यटकीय 'हब' बनाउन स्काइवाक टावरले सहयोग पुग्ने बताउनुभयो । प्रदेश सरकारले आउँदो वर्षलाई पर्यटन वर्षका रूपमा मनाउन लागेकाले भेडेटारमा बनेको स्काइवाकले त्यसलाई टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
स्काइवाकमा ५० मिटर लामो सिसामा हिँड्न सकिन्छ । सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि देशकै तेस्रो गन्तव्य भेडेटार बनेको छ । यसअघि काठमाण्डाैकाे कमलादी र इलामको कन्याममा स्काएवाक सञ्चालनमा आएको छ । झन्डै २० करोड रुपैयाँको लागतमा भेडेटारमा सञ्चालनमा आएको स्काइवाकमा एक पटकमा २५ जनासम्म हिँड्न सक्ने कम्पनीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।