भारतलाई हराउँदै श्रीलङ्काले पहिलाे पटक जित्याे महिला एशिया कपकाे उपाधि

 साउन १३, २०८१ आइतबार १८:४३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एसीसी

काठमाण्डाै – भारतलाई हराउँदै आयाेजक श्रीलङ्काले महिला एशिया कप टी–२० क्रिकेटकाे उपाधि जितेकाे छ । आज भएकाे फाइनलमा श्रीलङ्काले भारतलाई ८ विकेटले हरायाे ।

भारतले दिएकाे १ सय ६६ रनकाे लक्ष्य श्रीलङ्काले ८ बलअघि नै मात्र २ विकेट गुमाएर भेटायाे । श्रीलङ्काकी हर्षिथा समराविक्रमाले नट आउट ६९, कप्तान चमारी अथपथ्थुले ६१ रन बनाइन् । भारतकी दिप्ती शर्माले १ विकेट लिइन् ।

यसअघि दम्बुलामा टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । भारतकी स्मृति मन्धानाले ६०, रिचा घोषले ३०, जेमिमा रोड्रिगेजले २९ रन बनाइन् । श्रीलङ्काकी कविशा दिल्हारीले २ विकेट लिइन् ।

श्रीलङ्काले पहिलाे पटक उपाधि जितेकाे हाे । यसअघि सन् २००४, २००५–०६, २००६, २००८ र २०२२ मा फाइनलमा पुगेकाे श्रीलङ्का उपविजेतामै सीमित भएकाे थियाे । भारतले भने सात पटक उपाधि जित्दा दुई पटक उपविजेता बनेकाे छ । सन् २००४, २००५–०६, २००६, २००८, २०१२, २०१६ र २०२२ मा उपाधि जितेकाे थियाे ।

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया