दक्षिण कोरियामा १ सय ८१ जना बोकेको विमान दुर्घटना, कम्तीमा २...
पुस १४, २०८१ आइतबार
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कका महिलाले व्यावसायिक रूपमा पञ्चेबाजा बजाउन शुरु गरेका छन् । गाउँघरमा पञ्चेबाजा केही समुदायका पुरुष व्यक्तिले मात्र बजाउने गरेकोमा पछिल्लो समय सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका महिलाले नौमती बाजालाई पेशाका रूपमा अगाडि बढाउन थालेका छन् ।
महिलालाई पञ्चेबाजा बजाउन तालिम प्रदान गरेपछि उनीहरू व्यावसायिक रूपमा अगाडि बढेका सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । डिभर्नामा महिलाले १४ जनाको समूह बनाएर कला संस्कृति संरक्षणसँगै आयआर्जन गर्न जुटेका छन् । नौमती बाजा बजाउने टाेलीमा नेवार, परियार, विश्वकर्मा समुदायका महिला सहभागी छन् ।
लोप हुँदै गएको कला संस्कृति संरक्षण गर्न तालिमसँगै डिभर्नाका महिला सृजनशील बाजा समूह नै स्थापना गरेर बाजा बजाउन अगाडि बढेका सन्धिखर्ककी उपमेयर मिश्रा आचार्यले बताउनुभयो ।
पाका पुस्तामा भएको सीप र ज्ञानमा नयाँ पुस्ताले चासो नदिँदा नौमती बाजा लोप हुने चिन्ता बढेपछि महिलालाई तालिम प्रदान गरिएको वडाध्यक्ष नारायण खड्काले बताउनुभयो ।
अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीमा पञ्चेबाजा बजाउने महिलाको दुई वटा समूह रहेका छन् । यस्तै मालारानी गाउँपालिकाको हंसपुरमा एउटा समूह रहेको छ । उनीहरू पनि व्यावसायिक रूपमा अगाडि बढेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।