सिटी एक्सप्रेसको दशैँ–तिहार योजना : ‘१८औं वर्षमा १८ गुणा, पर...
भदौ ३१, २०८१ सोमबार
युद्धग्रस्त म्यानमारबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी ३४ जना रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ । बङ्गलादेशको नदीमा भएको दुर्घटनामा शुरूमा बालबालिकासहित १० जनाको शव तत्काल निकालिएको थियो । अहिलेसम्म ज्यान गुमाउनेकाे सङ्ख्या ३४ पुगेको छ ।
उनीहरू म्यानमारको रखाइन राज्यको आफ्नै गाउँबाट भागेका र उनीहरू चढेकाे सानो पानीजहाज बङ्गलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । डुङ्गामा म्यानमारबाट आएका मुस्लिम रोहिङ्ग्याहरू रहेका थिए ।
पछिल्लो केही हप्तामा म्यानमारको रखाइन राज्यमा भएको युद्धका कारण एक हजार जना रोहिङ्ग्या शरणार्थी बङ्गलादेशतर्फ भागेका छन् । बङ्गलादेशमा झन्डै १० जना लाख रोहिङ्ग्याले शरण लिएका छन् जसमध्ये धेरै सन् २०१७ मा सैन्य दमनपछि रखाइनबाट भागेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।